Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख छ : गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको दाबी गरेका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । गृहमन्त्री लामिछानेलाई संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले निर्मला पन्तको हत्याबारे प्रश्न सोधेकी थिइन् ।

सोही प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए ।

उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए । अहिले पनि अनुसन्धान जारी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077