Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग संवादमा छौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचत रकम अपचलनमा संलग्न जीबी राई मलेसियामा रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले जीबी राई मलेसियामा रहेको र नेपाल ल्याउन त्यहाँका गृहमन्त्रीसँग दुईपटक संवाद भएको बताएका हुन् ।

उनले दुबै देशका राज्यसंयन्त्र संवादमा रहेको जानकारी दिए ।

उनले मलेसिया सरकारले मागेबमोजिम कागजपत्र पठाउने काम भएको र जीबी राईको राहदानी खारेजीको प्रक्रिया अघि बढाउँदा राहदानी विभाग र अदालतले अवज्ञा गरिदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077