Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्जा ग्राहकका लागि एनआईसी एशिया बैंकको यस्तो छ छुट योजना

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दैआएको एनआईसी एशिया बैंकले देशको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले जरिवाना तथा हर्जाना भुक्तानीमा छुट सम्बन्धी योजना ल्याएको छ ।

२०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्र चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा सतप्रतिशत छुट र साधारण वक्यौता ब्याजमा समेत बैंकले छुट प्रदान गर्ने योजना ल्याएको हो।

जसअनुसार ९१ दिनदेखि १८० दिन बक्यौताको भाखा नाघेका ग्राहकले यस अवधिमा भुक्तानी चुक्ता गरे साधारण ब्याज रकममा १५ प्रतिशत छुट पाउने व्यवस्था छ । त्यस्तै १८१ दिनदेखि ३६५ दिन बक्यौता भाखा नाघेको भए ब्याज रकमको २५ प्रतिशत छुट पाउने व्यवस्था छ । साथै ३६५ दिनभन्दा माथि भाखा नाघेका ऋणीहरुका लागि बैंकले ३५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनाबाट लाभ लिन सक्ने बैंकले अपेक्षा गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो स्थानबाट योगदान पुर्‍याउने आवश्यकता सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएको छ ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सवलीकरणमा समेत टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077