Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१३ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

सोमबार सूचना जारी गर्दै कार्यालयले आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो ।

गैरहाजिर रहनेमा एक प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार र ८ जना प्रहरी जवान छन्। त्यस्तै दुई जना प्राविधिक प्रहरी जवान पनि गैरहाजिर छन्।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077