Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • अनलाइन सट्टेबाजी गराएको आरोपमा किपेश पक्राउ, २ करोड ७२ लाख कारोबार

    अनलाइन सट्टेबाजी गराएको आरोपमा किपेश पक्राउ, २ करोड ७२ लाख कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 507
    SHARES

    काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–५ घर भएका ३० वर्षीय किपेश महर्जन छन् ।



    अपराध अनुसन्धान कार्यालयका अनुसार महर्जनले विभिन्न व्यक्तिको नाममा वालेट तथा बैंक खाता संचालन गरेर २ करोड ७२ लाख कारोबार गरेको भेटिएको हो ।



    अनलाइनमार्फत बेटिङ साइटहरुमा पहुँच राखेर उनले ‘बाजी राख्दा जितिन्छ’ भनेर सट्टेबाजी गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनलाई कानुनी कारबाही गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार