Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा मुछिएका मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी थालेको छ ।

आयोग स्रोतका अनुसार टेरामक्स खरिद प्रकरणमा संलग्न रहेका मुख्यसचिव अर्यालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

टेरामक्स खरिदमा मुख्यसचिव अर्यालको संलग्नता भएका देखिएपछि अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको आयोग स्रोतले बतायो ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौँ रुपैयाँ अनियमितता भएको उजुरीमा आयोगले मुद्दा दर्ताको तयारी गरिसकेको छ।

त्यति मात्र होइन नेपाल टेलिकमको ‘बिलिङ सिस्टम’ खरिदमा अर्बौँ घोटालामा मुख्यसचिव अर्यालको संलग्नता देखिएको छ।

पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वसञ्चार सचिव महेन्द्रमान गुरुङ, मुख्यसचिव तत्कालीन सचिव बैकुण्ठ अर्याल, संघीय मामिला सचिव विनोद सिंह, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालसमेत मुछिएको यो प्रकरणमा अख्तियारले बयान लिइसकेको छ।

गत असारमै अवकाश पाउन लागेका अर्याललाई सरकारले घर जानु ३ दिन अघि जेठ ३२ गते मुख्यसचिवमा नियुक्त गरेको थियो।

शंकरदास वैरागीले मुख्य सचिवको पदबाट राजीनामा दिएका थिए। तत्कालीन मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेर अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077