Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

सुर्खेत । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर शनिबार दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।

काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना विष्ट र १० वर्षीया सुबिना बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

प्रहरीका अनुसार, दुवैजना शनिबार बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए ।

विष्ट ५ र बुढा कक्षा–२ मा अध्ययनरत थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077