Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण

    युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 765
    SHARES

    एजेन्सी । युक्रेनको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रुसले रातारात ठूलो आक्रमण गरेको छ।

    जापोरिझिया र लिभिभ क्षेत्रका अपरेटर युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।



    यसले विगत तीन महिनामा ऊर्जा पूर्वाधार सुविधाहरूमा आठौँ ठुलो, संयुक्त आक्रमण भएको बताएको छ ।



    रूसी आक्रमणको दुई वर्ष भन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणहरूले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई किभलाई युरोपियन युनियनबाट उर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ ।

    युक्रेनी आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएका छन् ।

    युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा गम्भीर क्षति भएको बताएको छ ।

    रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

    जेलेन्स्कीले यस हप्ता युक्रेनका सबै अस्पताल र विद्यालयहरूमा ‘सकेसम्म चाँडो’सौर्य प्यानलहरू जडान गर्नुपर्ने बताए।

    गर्मीको समयमा बिजुलीमा प्रवाव पार्ने रुसी प्रयासहरू असफल गर्न अवाश्यक प्रयास गरिरहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार