Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन, हामी पक्कै फरक छौँ : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको दाबी गरेका छन् ।

रास्वपाका सभापति समेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् ।

उनले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको जिकिर गरे ।

‘जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । जुन पूरा गर्न हामी मिहिनेत र लगनका साथ लागेका छौं । तर वर्षौंदेखिको बेथिति चिर्न केही समय लाग्छ नै,’ उनले भने ।

यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुने जिकिर गरे । ‘मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला । हामी पक्कै फरक छौं । हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौं,’ उनले भने ।

यस्तै सरकारमा गएको भर्खरै एक सय दिन पुगेको र यो बीचमा मन्त्रालय चलाउने बलियो आधार बनेको पनि गृहमन्त्री लामिछानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077