Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

एजेन्सी । रूसले युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको दाबी गरेको छ ।

युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको रूसले दाबी गरेको हो ।

युक्रेनको ड्रोन आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् ।

रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ब्ल्याक सी क्षेत्रमा ७० ड्रोन, क्रास्नोडार क्षेत्रमा ४३ ड्रोन र भोल्गोग्राडमा एक ड्रोनलाई रोकेर नष्ट गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

क्रास्नोडारमा, युज्नी रेल स्टेशन नजिकैको सैन्य सुविधामा ड्रोन प्रहार गर्दा पानी तातो पार्ने स्टेशनका एक कर्मचारीको मृत्यु भएको क्रास्नोडार क्षेत्रीय गभर्नर वेन्यामिन कोन्ड्रातयेभले बताए।

दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणसँग लडिरहेको युक्रेनले हालैका महिनामा ऊर्जास्थलहरूलाई लक्षित गर्दै रूसी क्षेत्रमा आक्रमण बढाएको छ ।

युक्रेनको ऊर्जा पूर्वाधारमा लक्षित रूसी मिसाइल र ड्रोन आक्रमणले देशको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाएको किएभलाई युरोपेली सङ्घबाट बिजुली आयात गर्न बाध्य पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077