Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे आज संसदीय सुनुवाइ हुँदै

    प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे आज संसदीय सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 318
    SHARES

    काठमाडौं । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तबारे आजदेखि संसदीय सुनुवाइ प्रारम्भ हुँदै छ ।

    आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।



    गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।



    तर, प्रधानको नियुक्ति सिफारिसको विषय विवादित छ ।

    उनीमाथि यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दासमेत चलेको भन्दै उनको नियुक्तिका विषयमा प्रश्न उठेका छन् ।

    प्रधानविरुद्ध काभ्रे धुलिखेलकी एक महिलाले २०८० भदौ २४ गते जिल्ला अदालत काठमाडौँमा यौन दुर्व्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार