Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे आज संसदीय सुनुवाइ हुँदै

काठमाडौं । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तबारे आजदेखि संसदीय सुनुवाइ प्रारम्भ हुँदै छ ।

आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

तर, प्रधानको नियुक्ति सिफारिसको विषय विवादित छ ।

उनीमाथि यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दासमेत चलेको भन्दै उनको नियुक्तिका विषयमा प्रश्न उठेका छन् ।

प्रधानविरुद्ध काभ्रे धुलिखेलकी एक महिलाले २०८० भदौ २४ गते जिल्ला अदालत काठमाडौँमा यौन दुर्व्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077