Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • बुटवलको डेल्टा कम्प्लेक्समा भीषण आगलागी, निभाउने प्रयास जारी

    बुटवलको डेल्टा कम्प्लेक्समा भीषण आगलागी, निभाउने प्रयास जारी

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 477
    SHARES

    बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ ।

    बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा केहीबेर अघि आगलागी भएको हो । यस मार्टमा जुत्ता चप्पलको मेला लाग्ने गर्छ ।



    साँझदेखि लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागी नियन्त्रणका लागि रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेका छन् ।



    डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार