Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी आक्रमणबाट युक्रेनी विद्युत गृहमा क्षति

एजेन्सी । युक्रेनी विद्युत गृहमा रूसले आक्रमण गरेको छ ।

पछिल्लो समयमा उर्जा केन्द्र लक्षित रूसी आक्रमणहरूले युक्रेनी बिजुली उत्पादनलाई कमजोर बनाएको हो ।

आक्रमणले गम्भीर डिटेक विद्युत गृहमा क्षति पुगेको छ । आक्रमणबाट तीन कर्मचारी घाइते भएको उल्लेख गरिएको छ ।

विगत तीन महिनामा युक्रेनी पावर प्लान्टहरूमा भएको यो सातौँ ‘ठूलो’ आक्रमण हो । युक्रेनको राष्ट्रिय ग्रिड अपरेटर युक्रेनेर्गोले बिहीबार नागरिक ऊर्जा पूर्वाधारका वस्तुहरूमा ठूलो आक्रमण भएको पुष्टि गरेको छ ।

बुधबार भिन्नयात्सा, डिपरपेट्भोस्क, डोनेस्क, किएभलगायतका क्षेत्रमा पनि उर्जा सुविधा र उपकरणमा आक्रमण हुँदा क्षति पुगेको बताइएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणले एक वर्ष अघिको तुलनामा युद्धग्रस्त देशमा जेनेरेटर क्षमता थप गरी सहयोगीलाई अत्यावश्यक पूर्वाधारको रक्षा गर्न थप हवाई रक्षा प्रणाली पठाउन आग्रह गरेका छन् ।

युक्रेनको वायु सेनाले रूसले नौ क्षेप्यास्त्र तथा २७ इरानी डिजाइन गरिएको ड्रोन प्रक्षेपण गरेकोमा चार क्षेप्यास्त्रबाहेक सबै क्षेप्यास्त्रलाई हवाई रक्षा प्रणालीले खसालिएको बताएको छ ।

अत्यावश्यक पूर्वाधारमा लक्षित आक्रमणको मुख्य दिशा युक्रेनको पूर्वमा थियो । जापोरिज्जिया, डोनेट्स्क, खेरसन, खार्किभ र किएभजस्ता क्षेत्रहरूमा पनि हवाई रक्षा प्रणाली सक्रिय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077