Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद्का कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा छलफल

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा छलफल जारी छ । सभामुख देवराज घिमिरे, सम्माननीय राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको हो ।

कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका छन् ।

आज नै संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । बुधबार कर्मचारीको आन्दोलनले प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो ।

अतिरिक्त समय काम गरेको भत्ता पाउनुपर्ने माग गर्दै विगत साता दिनदेखि आन्दोलनमा रहेका संसद् सेवाका कर्मचारीले प्रतिनिधिसभा चलिरहेका वेला 'ब्ल्याक आउट' गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077