Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसका प्रमुख सचेतक लेखकले भने - भौतिक मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ

काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भौतिक मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् ।

बुधबार संसद भवन परिसरमा बोल्दै सचेतक लेखकले बजेटको मूल मान्यतामा नै त्रुटि भएकाले मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।

सचेतक लेखकले भने, ‘सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा सम्माननीय प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरुलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ ।’

सचेतक लेखकले मन्त्रीहरुले आफ्नो आफ्नो भौतिक मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए ।

उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने सचेतक लेखकको भनाई छ ।

उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनःलेखन नगरे बेठिक ढंगले वितरण गर्ने काममा संलग्न भएको निस्कर्षमा कांग्रेस पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077