Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रक्षासचिवको जागिर धरापमा

    रक्षासचिवको जागिर धरापमा

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । रक्षासचिव किरणराज शर्माको जागिर धरापमा परेको छ ।

    सरकारी पदमै रहँदा विदेशको (स्थायी आवासीय अनुमपतिपत्र)पिआर लिएको पुष्टि भएपछि उनीमाथि भ्रष्टाचार मुद्दा आकर्षित भएको छ ।



    सचिव शर्मा स्वयम्‌ले विगतमा आफुसँग अमेरिकाको पिआर रहेको विषय स्वीकारेका छन् । तर, संविधान र भ्रष्टाचार सम्बन्धि कानूनले त्यसलाई त्यसलाई गैरकानुनी भनेको छ ।



    जसकारण शर्मामाथि तत्कालै अख्तियारले बयान लिएर मुद्दा चलाउन सक्ने अवस्था देखिएको छ । संविधानको धारा २९१ मा विदेशको स्थायी आवासीय अनुमति भएको कर्मचारी सरकारी सेवामा अयोग्य हुने उल्लेख छ ।

    त्यस्तै, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ पनि उनको हकमा आकर्षित हुन्छ । उक्त दफामा कुनै राष्ट्रसेवक कर्मचारीले झुटा विवरण पेश गरेमा ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

    साथै विशिष्ट श्रेणीको कर्मचारीको हकमा ५० प्रतिशत थप सजाय हुन्छ । सचिव शर्माले सरकारी सेवामै रहँदा पिआर लिएको र छैन भनेर झुटा विवरण पेश गरेका थिए ।

    जस आधारमा शर्मालाई अब पदमा बस्न अयोग्य भएका छन् । अझ रक्षा जस्तो संवेदनशील मन्त्रालयमा रहेका सचिवको विदेशी पिआर रहेको पुष्टि भएपछि त राष्ट्रिय सुरक्षाका दृष्टिकोणले समेत उनलाई त्यो जिम्मेवारीमा दिनु जोखिमपूर्ण भएको प्रष्ट उठेको छ ।

    शर्मा दुई वर्षदेखि निरन्तर रक्षा सचिव छन् । कार्यक्षमतामा निकै कमजोर रहेका उनी सेनाले जे भन्यो त्यही मान्ने भएकाले यसरी लामो समय रक्षामा बस्ने अवसर पाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार