Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको तेल भण्डारमा ड्रोन आक्रमण

एजेन्सी । दक्षिणी रुसको अजोभ सहर नजिकै तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण गरिएको छ।

आक्रमणबाट ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले भने उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएको छ।

युक्रेनले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा आक्रमणहरू गर्दै आएको आरोप भने लागेको छ।

ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्याङ्कीहरूमा आगलागी भएर नष्ट भएका छन् ।

प्रारम्भिक तथ्याङ्कअनुसार कुनै हताहत भएको छैन्। आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्याङ्कीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ।

आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन।

कम्तिमा ३२०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077