Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाका अध्यक्ष लिङ्देनले च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बजेट पुस्तिका च्यातेका छन्।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘सामान्यतया आफूलाई हेर्दा कम आक्रोस पोख्ने र कम रिसाउने मान्छे हो म, तर जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बजेट पुस्तिका हातमा पर्‍यो। त्यो दिनदेखि म यसरी तात्तिएको छु कि म यो यसरी च्यातेर (च्याँत्दै) , यसरी हुर्‍याउने मन छ तर संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हुर्‍याउँदा हुन्छ त्यहाँ नहुर्‍याएर रोष्टमको टेबलमा राखेँ।’

उनले यो आफ्नो मनको मात्र नभई हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि चार निर्वाचन क्षेत्र बाहेकको मनको कुरा भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077