Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • पूर्वाधारमन्त्री महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न – तपाईं नेपालको मन्त्री हो कि, धनुषाको ?

    पूर्वाधारमन्त्री महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न – तपाईं नेपालको मन्त्री हो कि, धनुषाको ?

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 573
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले बजेटमा विभेद गरेको बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो आरोप लगाएका हुन् ।



    सांसद शाहीले भौतिक पूर्वाधारमन्त्री महासेठलाई नेपालको मन्त्री कि धनुषाको मात्र मन्त्री भनेर प्रश्न गरे ।



    उनले भने, ‘तपाईं नेपालको मन्त्री हो कि, धनुषाको मन्त्री हो ? डाटा छ मसँग हावामा बोलेको छैन । भौत्तिक पूर्वाधार मन्त्री धनुषा र झापाको मन्त्री हो कि नेपालको ?’

    प्रमुख सचेतक शाहीले भौतिक पूर्वाधारमन्त्री महासेठले बजेटमा कर्णालाई विभेद गरेको आरोप लगाए।

    भौतिक पूर्वाधार मन्त्रालयले धनुषामा ८ अर्ब ७७ करोड र झापामा ६ अर्ब ७० करोड गरेर दुइटा जिल्लामा मात्रै १५ अबै ४७ करोड विनियोजन भएको उल्लेख गर्दै उनले सिंगो कर्णालीमा भने ७ अर्ब ४८ करोड विनियोजन भएको बताए ।

    उनले कर्णालीलाई विभेद गर्न नपाइने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार