Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीएण्डसीलाई सम्बन्धन दिने सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं । डा.गोविन्द केसीले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्च अदालतको आदेशविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन् ।

केसीले आज विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि अनसन सुरु गर्ने चेतावनी दिएका हुन् ।

हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश भएको थियो ।

उक्त आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताए।

उनले उक्त फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई अनुरोध समेत गरेका छन् ।

झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै त्यसलाई सम्बन्धन दिन नहुने लगायतका माग गर्दै केसी विगतमा अनसन बस्दै आएका थिए ।

तर गत चैत १२ गते न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077