Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङ र झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चार घण्टामा मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको हो ।

यी क्षेत्रमा थप वर्षा हुनसक्ने भएकाले स–साना खोलाहरूमा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
.
यस्तै, गएरातिदेखि नै गोरखा, धादिङ, नुवाकोट, काठमाडौं, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077