काठमाडौं । नेपाल प्रहरीमा जवान पदबाट सहायक हवल्दारमा बढुवा भएका २९३ जनाको पदस्थापन भएको छ ।
प्रहरी उपरीक्षकको गत शुक्रबारको निर्णयअनुसार बढुवा भएका २९३ जना सहायक हवल्दारको पदस्थापन गर्ने निर्णय भएको हो ।
प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै उनीहरुलाई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सुशोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।