Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा

एजेन्सी । दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट आइएसका कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएका छन् ।

बन्धक बनाउनेहरू आतङ्कवादको आरोपमा अदालतमा उपस्थित बाँकी आइएसका सदस्यहरू मध्येका हुन् ।

रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरूले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् ।

बन्धकहरूको रिहाइका लागि वार्ता भइरहेको छ। जिहादी सङ्गठनले रुस लक्षित थुप्रै आक्रमण गरेको छ।

२२ मार्चमा मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तिमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए ।

यो आक्रमण दुई दशकमा रुसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो। आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो ।

त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार संदिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077