Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बनाऔँ : महामन्त्री शर्मा

    बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बनाऔँ : महामन्त्री शर्मा

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 330
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

    स्वदेशमा तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा बुढीगण्डकी जलविद्युत आयोजना सम्पन्न गर्ने काम गर्नुपर्ने महामन्त्री शर्माले बताएका हुन् ।



    मन्त्रालयगत छलफलका क्रममा उर्जा मन्त्रालयका छलफलमा सहभागी हुँदै महामन्त्री शर्माले सरकार (जी), डायस्पोरा (डी) र निजी क्षेत्र (पी) को सरकार्यको अवधारणा अघि सारे।



    सरकारले आफैं बनाउने घोषणा गरे अनुसार कम्तिमा आठ वर्ष आयोजना बन्न लाग्ने र त्यसका लागि हरेक वर्ष अर्बौं रकम लगानी गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

    महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राखे ।

    महामन्त्री शर्माले नेपाल बन्न सक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाइ गर्न नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार