Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • अर्थमन्त्रीले आफ्ना कार्यकर्तालाई खुसी बनाउने गरी बजेट ल्याए : राजेन्द्र लिङ्देन

    अर्थमन्त्रीले आफ्ना कार्यकर्तालाई खुसी बनाउने गरी बजेट ल्याए : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 405
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा उत्पादन र खपतमा विशेष नीति ल्याउन आवश्यक रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक,अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय शिर्षकमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।



    उनले अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको आरोप लगाए । मन्त्री भएर बजेट छुट्याउन पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकेको अध्यक्ष लिङ्देनको भनाइ छ ।



    ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने अध्यक्ष लिङ्देनले बताए ।

    ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको पनि अध्यक्ष लिङ्देनको भनाइ छ। बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरू बजेटमाथिको छलफलमा भाग लिइरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार