Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्रीले आफ्ना कार्यकर्तालाई खुसी बनाउने गरी बजेट ल्याए : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा उत्पादन र खपतमा विशेष नीति ल्याउन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक,अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय शिर्षकमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको आरोप लगाए । मन्त्री भएर बजेट छुट्याउन पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकेको अध्यक्ष लिङ्देनको भनाइ छ ।

ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने अध्यक्ष लिङ्देनले बताए ।

ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको पनि अध्यक्ष लिङ्देनको भनाइ छ। बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरू बजेटमाथिको छलफलमा भाग लिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077