काठमाडौँ । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बिहान ११ बजे संसद् भवन बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने भएको छ ।
आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।