Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का

कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

शनिबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । उनले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागी सकारात्मक प्रतिपक्षका रुपमा रहने धारणा राखे ।

“संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ”, उनले भने, “सत्ता सञ्चालन हुन नसकेर कांग्रेसतिर फर्किन लाग्यो भने नेतृत्व लिन पार्टी तयार छ ।”

पार्टी पुनःनिर्माण र रुपान्तरणमा कांग्रेस अग्रसर हुने बताउँदै उहाँले सङ्गठन विस्तार अभियानमा लागेको जानकारी बताए । “अहिले जनताको सुखदुःखको साथी बन्ने अभियानमा कांग्रेस लागेको छ”, उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य नारायणप्रकाश साउदलगायत नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077