Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनताको आशा र भरोसाको एक मात्र पार्टी राप्रपा हो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको आशा र भरोसाको एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरूका निम्ति अहिले सहज अवस्था सिर्जना हुँदै गएको पनि बताए ।

उनले पुराना दल र मुलुकको व्यवस्थाप्रति जनताको निराशा बढ्दै गएको उल्लेख गरे । सोही कारण आफ्नो पार्टीलाई सहज अवस्था सिर्जना हुँदै गएको उनले जिकिर गरे ।

उनले राप्रपाको आवश्यकतालाई मध्यनजर गर्दै त्यहीअनुसार तयारी गरी जनताको मत जित्नुपर्नेमा जोड दिए । त्यसो गर्न सके निर्वाचन जित्न कुनै कठिनाइ नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077