Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • जनताको आशा र भरोसाको एक मात्र पार्टी राप्रपा हो : राजेन्द्र लिङ्देन

    जनताको आशा र भरोसाको एक मात्र पार्टी राप्रपा हो : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • शनिबार, १ असार २०८१
  • 411
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको आशा र भरोसाको एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।

    शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरूका निम्ति अहिले सहज अवस्था सिर्जना हुँदै गएको पनि बताए ।



    उनले पुराना दल र मुलुकको व्यवस्थाप्रति जनताको निराशा बढ्दै गएको उल्लेख गरे । सोही कारण आफ्नो पार्टीलाई सहज अवस्था सिर्जना हुँदै गएको उनले जिकिर गरे ।



    उनले राप्रपाको आवश्यकतालाई मध्यनजर गर्दै त्यहीअनुसार तयारी गरी जनताको मत जित्नुपर्नेमा जोड दिए । त्यसो गर्न सके निर्वाचन जित्न कुनै कठिनाइ नहुने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार