Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका चार एसपीको पदस्थापन, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । डीएसपीबाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन् । उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता पाउने गरी प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयानुसार पदस्थापना/काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी गण बिराटनगर मोरङमा प्रदिप बहादुर क्षेत्री गएका छन् । मधेश प्रदेश प्रहरी गण जनकपुर, धनुषामा नारायण रंजितकारलाई पदस्थापन गरिएको छ ।

यस्तै अनन्त राम शर्मालाई गण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्की र एक नारायण कोईरालालाई मानव बेचविखन अनुसन्धान व्यूरो मानव बेचविखन अनुसन्धान शाखामा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077