Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन एसपीको सरुवा, नवलपरासीमा एसपी फुयाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन एसपीको काज सरुवा गरेको छ। सरुवामा पश्चिम नवलपरासीका एसपी फेरिएका छन् ।

त्यहाँ कार्यरत एसपी काजी कुमार आचार्यलाई हटाएर ज्ञानेन्द्र फुयाललाई पठाइएको छ ।

फुयाल मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । आचार्यको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यरत एसपी हरिहरनाथ योगीको प्रधान कार्यालयको जनसम्पर्क शाखामा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका एसएसपी र एसपीको पनि पदस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077