काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएकाहरुको पदस्थापन भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले चार जना एसएसपीको पदस्थापना गरेको हो ।
पदस्थापन हुनेमा एसएसपीहरु श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ रहेका छन् ।
एसएसपी अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा कैलालीमा पदस्थापन गरिएको छ भने रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा पोखरामा पदस्थापन गरिएको छ ।
त्यस्तै,भीम बहादुर दाहालको भने कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगरमा पदस्थापन भएको छ । नान्तिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ ।