Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • कुवेतको श्रमिक क्याम्पमा भएको आगलागीमा तीन नेपाली घाइते, मन्त्रीले लिए जानकारी

    कुवेतको श्रमिक क्याम्पमा भएको आगलागीमा तीन नेपाली घाइते, मन्त्रीले लिए जानकारी

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 612
    SHARES

    काठमाडौँ । कुवेतको एक श्रमिक क्याम्पमा भएको आगलागीमा परेर ३ जना नेपाली सामान्य घाइते भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आगलागी भएको क्याम्पमा ५ जना नेपाली बसोबास गर्दै आएका थिए ।

    तीमध्ये २ जना सुरक्षित रहेको र ३ जना सामान्य घाइते भएको कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै श्रम मन्त्रालयले जनाएको छ । आगलागीमा घाइते भएका नेपाली श्रमिकको अवस्थाबारे श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी लिएका छन् ।



    कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् । आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भइरहेको बताइएको छ ।



    दिनेशकुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेको दूतावासले जनाएको छ । त्यस्तै, जाकिर नाडाफ र सन्तोषकुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ ।

    महंगाफास्थित एक आप्रवासी श्रमिक बसोबास गर्दै आएको क्याम्पमा बुधबार बिहान आगलागी हुँदा ४० जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार