Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

के भीम रावल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ?

अछाम । नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष डा. भीम रावलले एमाले छोड्ने वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको स्पष्ट पारेका छन् ।

कामको सिलसिलामा गृह जिल्ला अछाम पुगेका रावलले सो कुरा स्पष्ट पारेका हुन् ।

एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला गलत प्रचारका लागि भइरहेको भन्दै उनले नेकपा (एकीकृत समाजवादी) वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताए ।

उनले भने ‘एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भएको भए उत्पाद भाइरल हुन्थ्यो होला । केही घोषणा वा वक्तव्य आउँथ्यो होला । म अहिले अछाममा छु । एमालेको कार्यकर्ता भेला र कार्यक्रममा सहभागी भइरहेको छु । पार्टी प्रवेश बेकारको हल्ला हो । त्यस्तो अहिले त्यस्तो कुनै सोच छैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077