Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेतृत्व चयनका लागि जसपाको निर्वाचन प्रक्रिया शुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि नेतृत्व नयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने निर्वाचन तालिका छ।

पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।

साढे ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने कार्यतालिका छ।

अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन समितीले जनाएको छ। अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिन निश्चित छ। अन्य पदमा भने निर्वाचन हुने सम्भवना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077