Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कनिष्ठलाई डिआईजीमा बढुवा गरिएको भन्दै संसदमा कुरा उठ्यो

काठमाडौं । प्रतिनिधिसभाको शुन्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य धवलशमशेर राणाले नेपाल प्रहरीको बढुवाको विषय प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै राणाले प्रहरी सेवामा कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको आरोप लगाए ।

उनले भने–‘प्रहरी सेवामा एसएसपीको बढुवाको कुरा धेरै चर्चामा आएको छ । कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको छ । यस्तो भयो भने प्रहरी सेवामा प्रहरीहरुको मनोवल घट्छ । र यो देशको हितको लागि पक्कै हुने छैन ।’

केही समय अघि प्रहरी प्रधान कार्यालयहरुले सिनियरहरुलाई छुटाएर पहिलो नम्बरमा कृष्णहरि शर्मा पोखरेल, दोस्रोमा दानबहादुर कार्की, तेस्रोमा डा. मनोज केसी र चौथोमा राजन अधिकारीलाई बढुवा गरेको थियो ।

बढुवा भएका चार जनामध्ये कृष्णहरी शर्मा मात्रै सिनियर ब्याचका प्रहरी अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077