Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी पाठक पक्राउ, ५ दिन म्याद थप

    महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी पाठक पक्राउ, ५ दिन म्याद थप

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी जानुका उर्फ शोभा पाठक पक्राउ परेकी छिन् ।

    प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालको प्रयोग गरी आफ्नो चरित्र हत्या गरेको आरोपमा एक महिलाले पाठकविरुद्ध उजुरी दिएकी थिइन् ।



    बस्नेतले ‘गुण्डा’ लगाएर आफूमाथि आक्रमण गराएको आरोप लगाउँदै आएकी पाठकले यसअघि उनीविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी अनुसार प्रमाण नभएको भन्दै उक्त उजुरी तामेलीमा राखिएको थियो ।



    उनीमाथि ‘हनि ट्यापिङ’को आरोप पनि लाग्दै आएको छ । चर्चित नेताहरूसँग समेत उनले आफू सम्बन्धमा रहेको बताउँदै आएकी छिन् । पाठकलाई आज पुल्चोकबाट साइबर ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

    साइबर अपराधको कसूरमा पक्राउ परेकी पाठकविरुद्ध ५ दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार