Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी पाठक पक्राउ, ५ दिन म्याद थप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी जानुका उर्फ शोभा पाठक पक्राउ परेकी छिन् ।

प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालको प्रयोग गरी आफ्नो चरित्र हत्या गरेको आरोपमा एक महिलाले पाठकविरुद्ध उजुरी दिएकी थिइन् ।

बस्नेतले ‘गुण्डा’ लगाएर आफूमाथि आक्रमण गराएको आरोप लगाउँदै आएकी पाठकले यसअघि उनीविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी अनुसार प्रमाण नभएको भन्दै उक्त उजुरी तामेलीमा राखिएको थियो ।

उनीमाथि 'हनि ट्यापिङ'को आरोप पनि लाग्दै आएको छ । चर्चित नेताहरूसँग समेत उनले आफू सम्बन्धमा रहेको बताउँदै आएकी छिन् । पाठकलाई आज पुल्चोकबाट साइबर ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

साइबर अपराधको कसूरमा पक्राउ परेकी पाठकविरुद्ध ५ दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077