Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मधेशका नवनियुक्त वनमन्त्री र राज्यमन्त्रीले लिए शपथ

    मधेशका नवनियुक्त वनमन्त्री र राज्यमन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 426
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मन्त्री र विनाविभागीय राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    आइतबार वन तथा वातावरण मन्त्री त्रिभुवन साह र विनाविभागीय राज्यमन्त्री महोम्मद सकिल मियाँले पद तथा गोपनियताको शपथ लिएका हुन् ।



    वनमन्त्री साहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट र राज्यमन्त्री मियाँले मुख्यमन्त्री सतिश सिंहबाट शपथ लिएका छन् ।



    गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

    शुक्रबार जनमतबाट विनाविभागीय राज्यमन्त्री बनेकी रञ्जु खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मा दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार