Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर, अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशकविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएको भन्दै उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए ।

अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077