Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किन आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गर्दैछ रुस ?

एजेन्सी । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । रुसले राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्न थालेको हो ।

पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । पक्राउ परेका अधिकांश वैज्ञानिकहरू बुढा छन् ।

यीमध्ये तीन जनाको मृत्यु पनि भइसकेको छ । सन् २०१५ यता रुसमा १२ जना भौतिकशास्त्री पक्राउ परेका छन् ।

यी सबै वैज्ञानिक कुनै न कुनै रुपमा हाइपरसोनिक प्रविधि वा यसमाथि काम गरिरहेका संस्थासँग आबद्ध थिए ।

यी सबैमाथि राजद्रोहको आरोप लगाइएको छ । रुसको गोप्य दस्ताबेज अर्को देशमा पठाएको आरोप यी सबैमाथि छ ।

पक्राउ परेको वैज्ञानिकका घरपरिवारका सदस्यलाई यसबारेमा बोल्न निषेध गरिएको बताइएको छ ।

हालै रुसले युक्रेनी युद्धमा किन्झल र जिरकन क्रुज मिसाइल गरी दुई खाले हाइपरसोनिक मिसाइल प्रयोग गरेको दाबी गरेको थियो ।

उता, युक्रेनले भने केही किन्झल मिसाइल खसालेको दाबी गरेको थियो ।

रुसले हाइपरसोनिक प्रविधिको विकास गर्दै जाँदा वैज्ञानिकहरू पक्राउ पर्ने क्रम भने जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077