Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाका प्रमुख सेनानी मल्ल जंगीअड्डाको हिरासतमा

काठमाडौं । नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा कार्यरत प्रमुख सेनानी धिरेन्द्रकुमार मल्ललाई जंगीअड्डास्थित सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।

मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए ।

उनीबारे उजुरी परेपछि छानबिन गर्ने क्रममा जंगीअड्डाले मल्ललाई फिर्ता बोलाएको थियो ।

सैनिक अनुशासनको विषयमा प्रमुख सेनानी मल्लमाथि छानबिन भइरहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077