Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ

दाङ । श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकीलाई तुलसीपुरबाटै पक्राउ गरेको हो ।

बुढाथोकी शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका६ कोठामै आफ्नी २७ वर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरी फरार भएका थिए ।

उनले खुकुरी प्रहार गरी टीकाको हत्या गरेका थिए। पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077