Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशको मुख्यमन्त्रीमा सतिश सिंहको दावी पेश

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंहले दावी पेश गरेका छन् ।

शुक्रबार बिहान प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो ।

जनमत पार्टीका सिंहलाई मुख्यमन्त्री बनाउन ५५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको बताइएको छ ।

जनमत पार्टीका १३, नेकपा एमालेका २४, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका १/१ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दावी पेश गरिएको हो ।

उनलाई मधेश प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा सिंहलाई शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077