Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • शिक्षा आयोगको प्रतिवेदन ५ वर्षपछि सार्वजनिक

    शिक्षा आयोगको प्रतिवेदन ५ वर्षपछि सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 459
    SHARES

    काठमाडौं । पाँच वर्षदेखि प्रधानमन्त्री कार्यालयमा थन्किएको शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको ४ सय ९९ पेजको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो ।



    तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित २५ सदस्यीय टोलीले तयार गरेको प्रतिवेदन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारको हलमा भव्य समारोह आयोजन गरी २०७५ साल माघ १ गते अर्थात् माघे संक्रान्तिको दिन हस्तान्तरण गरेको थियो ।



    त्यस बेलादेखि सार्वजनिक हुन नसकेको सो प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको पहलमा हिजो बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षा मन्त्रालयमा पुगेको हो । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार