Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मधेशमा सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

    मधेशमा सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 672
    SHARES

    काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ ।

    बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन् ।



    प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।



    सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेको छ । प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित चार दलले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार