Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले ११ देशका राजदूतलाई बोलायो फिर्ता

काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाइएका धेरैजसो राजदूतहरू राजनीतिक कोटामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका तर्फबाट राजदूत भई जानेहरू छन् ।

सरकारले फिर्ता बोलाका राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी छन् ।

त्यस्तै, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी), मलेसियाका लागि नेपाली राजदूत दिल्लीराज पौडेल, स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपाल, डेनमार्कका लागि नेपाली राजदूत रामस्वार्थ राय र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077