Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिणकालीको केराबारी खोंचमा दुई जनाको शव फेला, नजिकै भेटियो बाइक !

काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।

घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ ।

भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।

करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आकलन गरिएको छ । घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077