Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी ठगको ट्याग बोकेर हिंड्नु पर्‍यो, मेरो भाग्य यस्तै छ : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिंड्नु परेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले धेरै सहकारी पीडितको बचत फिर्ता गराउन र सहकारी समस्याको समाधान गर्न आफूले पहल गरे पनि सहकारी ठगको ट्याग लगाइएको गुनासो गरे ।

उनले भने, ‘सहकारी पीडितहरुका लागि कैयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ । मेरो भाग्य यस्तै छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077