Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले देशको नेतृत्व गर्न पाए एक दशकमै कायापलट हुन्छ : विष्णु पौडेल

भैरहवा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुक कायापलट गर्ने दाबी गरेका छन् ।

एमाले रुपन्देहीको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि आफ्नो दललाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताए ।

उपाध्यक्ष पौडेलले भने,‘संविधानले प्रदान गरेका अधिकारलाई व्यावहारिक बनाउन राष्ट्रको मियोका रुपमा र निर्णायक राष्ट्रिय शक्ति स्थापित गर्न जरुरी छ।’

एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुकपछि परेको र नागरिकहरूमा तमाम समस्या उत्पन्न भएको उपाध्यक्ष पौडेलको भनाई छ ।

उपाध्यक्ष पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए ।

विभेद र असमानतालाई अन्त्य गरेर समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै उनले सोही अनुसारको भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077