Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस र लोसपाको निर्णय

जनकपुरधाम । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएका छन् ।

कांग्रेस र लोसपा संसदीय दलको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिदैँछन् ।

मधेश प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ । यो संख्या ४९ मात्र पुग्छ ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077