Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अहोरात्र काम गरेर भएपनि तीन महिना भित्र काम सम्पन्न गर्छौं : सूर्य थापा

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिका सभापति सूर्य थापाले तीन महिनाभित्र काम सम्पन्न गर्ने बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको पहिलो बैठकपछि बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । सभापति थापाले आजको मितिले तीन महिनाभित्र काम सम्पन्न गर्ने बताए ।

त्यसका लागि अहोरात्र काम गर्ने सदस्यहरूबीच छलफल भएको सभापति थापाले बताए । संसद्ले दिएको कार्यादेश अनुसार काम गर्ने सभापति थापाको भनाई छ ।

आजको बैठकले आन्तरिक कार्यविधि मस्यौदा बनाउन सचिवालयलाई निर्देशन दिएको छ । सहकारी घोटालाबारे छानबिन गर्न प्रतिनिधि सभाले जेठ १५ गते ७ सदस्यीय विशेष समिति बनाएको थियो ।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम राखिएको समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077